२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

अंपुन आँधीबाट सुरक्षित राख्न उडिसामा डेढ लाख मानिसको उद्धार

बुधबार ०७, जेठ २०७७ ०१:३२

अंपुन आँधीबाट सुरक्षित राख्न उडिसामा डेढ लाख मानिसको उद्धार

भुवनेश्वर (एजेन्सी) । भारतको पूर्वी तटीय इलाकामा सक्रिय अंपुन आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न उडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

 

उडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् । आयुक्त पिके जेनाले अंपुन आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै भने, 'यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा छ । पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको छ । यहाँ आगामी ६–८ घण्टा निकै चुनौतीपूर्ण हुनेछ ।'

 

उनले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताए ।

 

पारादिपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघण्टा देखिएको पनि उनले बताए । भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।


#माैसम

प्रतिकृया दिनुहोस