२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

२ ट्रक आपसमा ठाेक्किएर आगलागी हुँदा ३ जनाकाे मृत्यु, दुवैका चालक घाइते

- रासस शनिबार २३, असार २०८० ०९:०९

२ ट्रक आपसमा ठाेक्किएर आगलागी हुँदा ३ जनाकाे मृत्यु, दुवैका चालक घाइते

मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । 

आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।  

दुर्घटनामा तीन जनाको ज्यान गएको कार्कीले बताए । मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक चितवनकाे राप्ती नगरपालिका ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक गोरखाकाे गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक मकवानपुरकाे मनहरी गाउँपालिका ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए । 

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार राप्ती ३ का ३५ वर्षीय विवेक तमाङ र ना६ख ६३१ नंका ट्रक चालक जिल्ला मनहरी ३ का ३२ वर्षीय अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस