२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

१ लाख घुस सहित इन्जिनियर पक्राउ

बुधबार ०७, फागुन २०७६ १२:१७

१ लाख घुस सहित इन्जिनियर  पक्राउ

बैतडी,  बैतडीमा जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय इन्जिनियर १ लाख घुस रकम सहित रंगेहात पक्राउ परेकाछन् ।

जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ परेका हुन् ।

उनलाई आज बिहानै उनलाई अख्तीयारको टोलिले पक्राउ गरेको हो ।

चमेलिया नदि नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घूस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरका सुचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए ।

अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरबाट खटिएको प्रहरी निरिक्षक नेतृत्वको टोलिले पक्राउ गरेको हो । उनलाई आजै कञ्चनपूर लगेर थप अनुसन्धान गरिने सुचना अधिकारी बिष्टले जानकारी दिए ।


#Crime

प्रतिकृया दिनुहोस