२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

महाराष्ट्रमा बसमा आगलागी, २५ यात्रुको मृत्यु

- विशेष खबर शनिबार १६, असार २०८० १२:१५

महाराष्ट्रमा बसमा आगलागी, २५ यात्रुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त हुँदा २५ जनाकाे मृत्यु भएको छ ।

नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बसमा ३३ यात्रु सवार थिए । बीबीसी हिन्दीका अनुसार दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।


प्रतिकृया दिनुहोस