२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

काेराेना संक्रमितको संख्या ४०२ पुग्याे, उपत्यकामा पाँच जना थपिए

मङ्गलबार ०६, जेठ २०७७ ०५:११

काठमाडौं । उपत्यकामा पाँच जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हाे ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस