२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक पक्राउ

- विशेष खबर शनिबार १३, जेठ २०८० ०५:४७

नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक पक्राउ

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकी महर्जनलाई प्रहरीले शुक्रबार नै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिकृया दिनुहोस