२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

- रासस मङ्गलबार ०९, जेठ २०८० ०१:०४

छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

जजर्टाउन (एजेन्सी) । दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् । 

एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ ।

गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले 'दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,' पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन । 

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।

ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ ।अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसङ्ख्या आठ लाख छ । 


प्रतिकृया दिनुहोस