२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बझाङमा हिमपहिराे : एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता

- रासस आइतबार ०७, जेठ २०८० १०:०३

बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आइतबार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते छन् भने दुई बेपत्ता छन् ।

घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

हिमपहिराेमा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन । 


प्रतिकृया दिनुहोस