२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

सोमबार ०५, जेठ २०७७ १२:४९

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा माधवनारायण नगरपालिका-३ निवासी २८ वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै रौतहटमा मात्रै संक्रमितको संख्या २१ पुगेको छ । त्यस्तै सोमबार गरिएको परीक्षणमा बाराको करैयामाया नगरपालिका-५ निवारी ३८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । बारामा संक्रमितको संख्या ४ पुगेको छ ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३४, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २१, काठमाडौंमा ९, धनुषामा ५, कैलाली र बारामा ४/४, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर,बर्दिया र मोरङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक र धनकुटामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस