आइतबार ०४, जेठ २०७७ ०८:२३
काठमाडौं। सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे ।
आजै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । आइतबारसम्म नेपालमा २ सय ९५ काेराना संक्रमित देखिएका छन् ।
लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।
भारतले पनि आइतबार नै लकडाउन दुइ साता थप गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस