२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

थप ३ जनामा कोरोना संक्रमण, मोरङ र धनकुटामा पहिलो पटक देखियाे

- विशेष खबर आइतबार ०४, जेठ २०७७ ०८:०६

विराटनगर । प्रदेश १ का दुई जिल्लामा तीन जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् । 

विराटनगरका ३६ र २९ वर्षका पुरूष र धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

याे सँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा स‌ंक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

आइतबार थपिएका तीन जनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ ।  


#काेराेना

प्रतिकृया दिनुहोस