- विशेष खबर सोमबार ११, बैशाख २०८० १०:४५
काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईकाे जहाजले उडानलाई निरन्तरता दिएको छ ।
नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । जहाजले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो । फ्लाइ दुबइकाे उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो ।
उक्त जहाजमा १६८ यात्रु र चालक दलका ७ सदस्य छन् । चालक दलले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९:२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०:१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए ।
प्रतिकृया दिनुहोस