२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण

आइतबार ०४, जेठ २०७७ ०४:४३

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ ।

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका ती युवकको आइतबार मृत्यु भएको हाे । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्या अवस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको हाे ।  

 बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । 

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाे थियाे । आइतबार उक्त रिपाेर्टमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।  


#काेराेना

प्रतिकृया दिनुहोस