२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

पेस्तोल पड्किँदा पूर्वमन्त्री पुनकी आमा घाइते, प्रहरी सहायक हवल्दार नियन्त्रणमा

- विशेष खबर शनिबार ०२, बैशाख २०८० ११:१३

पेस्तोल पड्किँदा पूर्वमन्त्री पुनकी आमा घाइते, प्रहरी सहायक हवल्दार नियन्त्रणमा

काठमाडौं । प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्  । देब्रे खुट्टामा गोली लागेकाे छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमालीको नजिकका नाती पर्छन् । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 'असावधानीवश' गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् । डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समयअघि प्रकाश पनि त्यही घरमा बस्थे । अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ ।

ekantipur.com बाट 


प्रतिकृया दिनुहोस