२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

थप १० जनामा कोरोना संक्रमण, संक्रमित २९१ पुगे

आइतबार ०४, जेठ २०७७ ०७:४८

थप १० जनामा कोरोना संक्रमण, संक्रमित २९१ पुगे

काठमाडौं । आइतबार थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

 राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  


#काेराेना

प्रतिकृया दिनुहोस