२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

कोराेनाबाट नेपालमा पहिलो मृत्यु

शनिबार ०३, जेठ २०७७ ०९:२०

कोराेनाबाट नेपालमा पहिलो मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनी गत बैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकीका साथै स्वासप्रश्वासमा समस्या आए पछि बिहीबार धुलिखेल ल्याइएको थियो । 

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरेका थिए । उनको पीसीआर विधिबाट परीक्षणमा पोजेटिभ देखिएकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको थियाे । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ

कोरोनाभाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार हाल मुलुकभर २८१ जना कोरोना संक्रमित छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस