२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अनधिकृत बस्ती हटाउन काठमाडाैं महानगरको निर्देशन

शनिबार ११, चैत २०७९ ११:५१

अनधिकृत बस्ती हटाउन काठमाडाैं महानगरको निर्देशन

काठमाडौं । काठमाडाैं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 
        
महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो । 
महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ । 


प्रतिकृया दिनुहोस