- विशेष खबर शनिबार ११, चैत २०७९ ०९:०६
काठमाडाैं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
प्रतिकृया दिनुहोस