२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

तामिलनाडुकाे पटाका कारखानामा विस्फोट, ८ जनाको मृत्यु

एजेन्सी बुधबार ०८, चैत २०७९ ०९:१४

तामिलनाडुकाे पटाका कारखानामा विस्फोट, ८ जनाको मृत्यु

काठमाडाैं । भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको एक पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

तमिलनाडुको राजधानी चेन्नईबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभिमलाई क्षेत्रमा रहेको एक कारखानामा पटाकामा प्रयोग हुने कच्चा पदार्थमा अचानक आगलागी भएपछि विस्फोट भएको थियो ।

 काँचीपुरम कर कार्यालयका अधिकारीकाले घटनाको पुष्टि गर्दै भने,'कुरुभिमलाई क्षेत्रमा रहेको एक पटाका कारखानामा आज विस्फोट हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ ।' 

 अधिकारीहरुका अनुसार घाइतेमध्ये १३ जनालाई काँचीपुरम सरकारी अस्पतालमा भर्ना गरिएको छ भने तीन जनालाई उपचारका लागि चेन्नईको दुई अस्पतालमा पठाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । विष्फोटपछि कारखानामा आगो लागेको थियो र आसपासमा पटा पड्किएको आवाज गुञ्जिएको थियो । 

 एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार एउटा भवन भत्किएको र २५ जनाभन्दा बढी मानिस काम गरिरहेको कारखानामा उद्धार कार्य जारी छ ।   


प्रतिकृया दिनुहोस