२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

- विशेष खबर बुधबार ०८, चैत २०७९ १०:४३

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना  हुँदा  ३ जनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना  भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस