२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

डाइभर्सन भास्सिँदा महेन्द्र राजमार्ग अवरुद्ध

- विशेष खबर मङ्गलबार ०७, चैत २०७९ ११:३४

नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् । महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो । सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको प्रहरीको भनाइ छ ।

यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग खुलाउन जेसीभी र स्काभेटर मगाइएको छ । निर्माणाधीन सडक हिलैहिलो भएकाले त्यस क्षेत्रमा आवतजावतमा कठिनाइ भएको छ । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन । राजमार्गमा रातिदेखि नै डबल पार्किङ छ । ग्राभेल नहालेसम्म सडक सुरु गर्न सकिएको छैन । राजमार्गको चाेरमारासम्म दोहोरो सवारी जाम भएकाे छ ।


प्रतिकृया दिनुहोस