२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बाघकाे आक्रमणमा दुई महिलाको मृत्यु

- विशेष खबर सोमबार ०६, चैत २०७९ ०९:४६

बाघकाे आक्रमणमा दुई महिलाको मृत्यु

बर्दिया  । मधुवन नगरपालिका—५ स्थित चिरौटो सामुदायिक वनमा सोमवार दिउसो बाघले आक्रमण गर्दा दुई महिलाको मृत्यु भएको छ । दाउरा लिन वन पसेका ती महिला माथि बाघले आक्रमण गरेको थियो । 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीका अनुसार मधुवन १० की ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री र ५० वर्षीया धनसरी गुरुङ बाघको आक्रमणमा मृत्यु भएको हो  ।  

दुबैको शव फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । चार वर्षयता बर्दियामा २७ जना बाघको आक्रमणमा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । 


 


प्रतिकृया दिनुहोस