२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

असिनाले गाउँनै सेताम्मे

- विशेष खबर शनिबार ०४, चैत २०७९ १०:१२

असिनाले गाउँनै सेताम्मे

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउंपालिकाको भँडारे र दहपातल क्षेत्रमा शनिबार भारी असिना परेकाे छ ।

असिनाले भर्खर उम्रिएका आलुका बोटलाई असर पुगेको छ । आलुका बाेट छोप्ने गरी बाक्लो असिना परेको हो । 

शनिबार अपरान्ह परेको बाक्लो असिनाले दहपाताल क्ष्ँेत्रका जमिन सेताम्मे देखिएको थियो । शैलुङ, धारा, डडुवा, डाडांकटेरी, ढोईगाउँ, राजभीर, खोलाखर्क लगायत क्षेत्रमा असिना परेको होे । 

रामेछापको पूर्वी क्षेत्र सैपु दुरागाउ, भुजि, गुप्तेश्वरमा पनि शनिबार अपरान्ह भारी असिना परेको छ । 


प्रतिकृया दिनुहोस