२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

थप ९ जनामा काेराना संक्रमण

शुक्रबार ०२, जेठ २०७७ ०८:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।

पर्साका ९ र १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा न पा का २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ , तुलसीपुर ७ का २३, ३६, ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वस्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस