२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ट्याक्टरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु

- विशेष खबर मङ्गलबार ३०, फागुन २०७९ ०९:५२

ट्याक्टरको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिनाका बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८ महिने छोरा हरिशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस