२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २८ घाइते

- विशेष खबर आइतबार २८, फागुन २०७९ १२:५९

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २८ घाइते

सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा तीन पुरुष, दुई महिला र एक बालिकाकाे मृत्यु भएकाे हाे ।  

सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ ।

सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटनाग्रस्त बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । चालक फरार रहेको र दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस