२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

३ सय ८१ जना कैदीको सजाय माफी

- विशेष खबर शुक्रबार ०५, फागुन २०७९ १०:३८

३ सय ८१ जना कैदीको सजाय माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ८१ जना कैदीको सजाय माफी गरिदिएकी छन् । 

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

'राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,' राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम मिनाहा र पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई सजाय माफी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस