- विशेष खबर बिहिबार ०४, फागुन २०७९ ०८:५२
काठमाडाैं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर लिक भएर अागलागी हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन् ।
गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास लिक भएर अागाे लाग्दा घाइते भएका नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले राति नै अस्पताल पुगेर नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थियो ।
* यसअघि ग्यास लिक भएर अागलागी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । - सम्पादक
प्रतिकृया दिनुहोस