२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने

- विशेष खबर शनिबार २८, माघ २०७९ १०:४२

आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।

शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो । 

संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि एक दिन देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

संघले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धिजीवीवर्गलगायत शाखा कार्यालयहरुलाई घोषणा गरिएको आन्दोलनलाई साथ र समर्थन दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

 


प्रतिकृया दिनुहोस