२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो, कुखुरा नष्ट गरिँदै

- विशेष खबर मङ्गलबार २४, माघ २०७९ १०:३७

काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो, कुखुरा नष्ट गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो ।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएकाे हाे ।  ।

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ ।


प्रतिकृया दिनुहोस