२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

काठमाडाैं र कपिलवस्तुमा दुइ संक्रमित थपिए

बिहिबार ०१, जेठ २०७७ ०७:४०

काठमाडौं । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं र कपिलबस्तुमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले पुन: अस्पताल भर्ना गरिएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस