२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा ११ जना घाइते

- विशेष खबर शनिबार १४, माघ २०७९ ०९:४७

धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा ११ जना घाइते

धनकुटा । धनकुटा महोत्सवस्थलमा अनियन्त्रित भीडका कारण शनिबार बेलुकी साढे ८ बजे ठेलमठेल हुँदा ११ जना घाइते भएका छन् । धनकुटा ५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका ४ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। गत माघ ६ देखि आयोजित महोत्सवको नवौ दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुन केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।


प्रतिकृया दिनुहोस