२०८० फागुन १५ गते मङ्गलबार | 27 February, 2024

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

शुक्रबार १३, माघ २०७९ ०१:१६

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो । 

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


प्रतिकृया दिनुहोस