२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

थप दुईमा संक्रमण, सङ्क्रमित २१९ पुगे

बुधबार ३१, बैशाख २०७७ ०३:१८

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण बुधबार दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ ।

मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ । 


#काेराेना

प्रतिकृया दिनुहोस