२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

निसास्सिएर दुई भारतीय कामदारको मृत्यु

- विशेष खबर बिहिबार २८, पुष २०७९ ०६:०४

निसास्सिएर दुई भारतीय कामदारको मृत्यु

वीरगन्ज । पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार तगारीमा पत्थर कोइला बोलेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजनको कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनका अनुसार कोइला डिपोको रेखदेख गर्ने दुबै जना सोही डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी मंगलबार राति सुतेका थिए ।

बुधबार बिहान १० बजेसम्म ढोका खोली कोही पनि बाहिर ननिस्किएपछि डिपोका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुबै जनाको मृत्यु भइसकेको थियो । 


प्रतिकृया दिनुहोस