२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउनजिक दुर्घटना, तीन नेपालीको मृत्यु

सोमबार २५, पुष २०७९ १०:३०

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउनजिक दुर्घटना, तीन नेपालीको मृत्यु

धनगढी । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ३ जना नेपालीको मृत्यु भएको छ ।

बसमै यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ ।

लखनउदेखि ३० किलोमिटर अगाडी अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए । बसको नम्बर खुल्न सकेको छैन । टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन् ।


प्रतिकृया दिनुहोस