- विशेष खबर मङ्गलबार १९, पुष २०७९ ०९:३८
काठमाडौं । राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ ।
पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।
राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भनेको छ ।
विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।'
प्रतिकृया दिनुहोस