२०८२ असार २१ गते शनिबार | 5 July, 2025

श्रीमतीको हत्या गरेर फरार

- विशेष खबर सोमबार १८, पुष २०७९ ०९:५५

श्रीमतीको हत्या गरेर फरार

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ रोबाङ निवासी धनबहादुर घर्तीले आफनै श्रीमती ३० वर्षीया मिना घर्तीलाई कुटपिट गरेर हत्या गरी फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार घर्तीले शनिबार राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका हुन्। 

थापाले मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको बताए। स्थानीयहरूले घर्तीले शनिबार राति श्रीमतीलाई कुटपिट गरेको जानकारी दिएको प्रहरीले बताएको छ। 

श्रीमतीको हत्या गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए। घटनाबारे थप जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रनाउ थापाले बताए।


प्रतिकृया दिनुहोस