मङ्गलबार ३०, बैशाख २०७७ १०:३९
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १८, महाेत्तरीमा २, धनुषामा २, भक्तपुर २, काठमाडाैं र सर्लाहीमा एक / एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार विहानमात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । याे सँगै नेपालमा संक्रमितकाे संख्या २१७ पुगेकाे छ ।
स्वास्थ्य मन्त्रालयकाे मंगलबार राति सवा १० बजेकाे विवरण अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
पर्सामा २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष, धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ४५ वर्षीय पुरूषमा संक्रमण देखिएकाे हाे ।
उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र सबै सम्पर्कमा रहेकाे जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस