२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

टिप्परले ठक्कर दिँदा  मोटरसाइकल चालककाे मृत्यु

मङ्गलबार ०६, फागुन २०७६ ०५:०८

टिप्परले ठक्कर दिँदा  मोटरसाइकल चालककाे मृत्यु

 बुटवल, रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु २ प १८७९ नम्बरको मोटरसाइकल चालक मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोध रहेका छन् ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लोध सवार मोटरसाइकललाई मायादेवी गाउँपालिका–४ वनकसियामा ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट लोधको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

दुर्घटनापछि टिप्पर चाकल फरार भएकाले खोजतलास भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवा पठाएको खत्रीले बताए ।


#accident

प्रतिकृया दिनुहोस