२०८० जेठ १५ गते सोमबार | 29 May, 2023

त्रिविमा आइतबारदेखि बिदा

- विशेष खबर शनिबार १६, पुष २०७९ ०९:४५

त्रिविमा आइतबारदेखि बिदा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । 

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। 

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । 


प्रतिकृया दिनुहोस