२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता

- विशेष खबर बिहिबार १४, पुष २०७९ ०९:५०

कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता

काठमाडाैं । गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। 

मंगलबार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियाे । उक्त निर्देशन अनुसार बिहीबार साँझ ५ बजेसम्म १९४ जना सुरक्षाकर्मी फिर्ता भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। 

फिर्ता भएकामध्ये नेपाल प्रहरीका १०३ जना छन्। सशस्त्र प्रहरीका ९१ जना फिर्ता भएका हुन्। फिर्ता भएका सुरक्षाकर्मीहरू बारे जिल्‍लाबाट सबै अपडेट आइनसकेको प्रवक्‍ता पोखरेलले बताए।  


प्रतिकृया दिनुहोस