२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कपडा पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

- विशेष खबर बिहिबार ०८, मङि्सर २०७९ १०:०७

कपडा पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

रौतहट । रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । गएराति आगलागी हुँदा रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको हो ।

प्रहरीका अनुसार गौर नगरपालिका-१ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा आगलागी भएको हो । घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको थप जानकारी आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस