२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बैतडी जीप दुर्घटना : मृतक प्रहरीकाे पहिचान खुल्याे

- विशेष खबर सोमबार ०५, मङि्सर २०७९ १०:५७

बैतडी जीप दुर्घटना : मृतक प्रहरीकाे पहिचान खुल्याे

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । साेमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोलामा से १ ज ८५४ नम्बरको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो। 

अर्का एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको खबर आए पनि प्रहरीले पुष्टि गरिसकेको छैन्।

दुर्घटनामा परी अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालगायतलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिकृया दिनुहोस