२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कुटपिटबाट दुई जनाको मृत्यु, घटनामा संलग्न प्रहरी नियन्त्रणमा

- विशेष खबर आइतबार ०४, मङि्सर २०७९ ०१:२०

कुटपिटबाट दुई जनाको मृत्यु, घटनामा संलग्न प्रहरी नियन्त्रणमा

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको छ ।

झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।  

यसैगरी, सर्लाहीकाे गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै-झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएकाे छ।

उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस