२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

९० जना म्यादी प्रहरी कारबाहीमा

- रासस बुधबार ३०, कार्तिक २०७९ ०९:४८

९० जना म्यादी प्रहरी कारबाहीमा

काठमाडाैं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको राइले बताए । 

प्रवक्ता राईका अनुसार अनुसार  कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक  र वाग्मती प्रदेशमा पाँच जना छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक  र सुदूरपश्चिममा सात छन् ।

काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।


प्रतिकृया दिनुहोस