२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सुनको मूल्य घट्यो

- रासस सोमबार २८, कार्तिक २०७९ ११:५५

सुनको मूल्य घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा घटेकाे छ । साेमबार प्रतितोला एक सय रूपैयाँले घटेर ९७ हजार दुई सय कायम भएको छ । 

सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रूपैयाँ थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार दुई सय ९५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । (रासस)


प्रतिकृया दिनुहोस