२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

सुदूरपश्चिममा भूकम्पको झट्का

- विशेष खबर मङ्गलबार २२, कार्तिक २०७९ १०:०४

सुदूरपश्चिममा भूकम्पको झट्का

बझाङ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घर बाहिर निस्किएका छन् । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ । 


प्रतिकृया दिनुहोस