- विशेष खबर सोमबार २१, कार्तिक २०७९ १२:३३
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा साेमबार पतिपत्नी घरभित्रै मृत अवस्थामा फेला परेका छन् । देवदह- ५ पाल्पाली टोलमा आफ्नै घरमा भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका बोलिन्द्र केही दिनअघि घर आएका थिए । पत्नीको शव भुइँमा तन्नाले बेरिएको र पतिको शव पंखामा झुन्डिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।
छिमेकीले खबर गरेपछि प्रहरीले घटनाबारे थाहा पाएको थियो । शव अहिले घरभित्रै छ । आफन्त आएपछि उनीहरूको रोहवरमा मात्रै शव बाहिर निकालिने प्रहरी नायव उपरिक्षक केसीले बताए ।
प्रतिकृया दिनुहोस