- विशेष खबर सोमबार १४, कार्तिक २०७९ ०९:५६
नवलपरासी । पश्चिम नवलपरासीमा नारायणी भंगालोमा सोमबार साँझ डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता पारि पिकनिक खाएर फर्किएका युवाहरु सवार डुंगा सुस्ता गाउँपालिका ४ गोकुलनगरस्थित नारायणी नदीको भंगालोमा डुबेको हो ।
दुर्घटनामा सुस्ता ४ का २२ वर्षीय गुडडु हरिजन, १८ वर्षीय निरज हरिजन र रन्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलले बताए । डुंगामा सवार २ जना घाइते भएका छन् । घाईते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहीत सहानी छन् ।
पिकनिक गएर फर्किरहेका युवाहरु चढेको डुंगा नारायणीको भंगालोमा डुबेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस